Loading...

इमान्दार मिडिया प्रा.लि.द्वारा सञ्चालित अनलाइन पोर्टल Imandarmedia.com नेपालको राजनीति, अर्थ, खेलकुद, मनोरन्जन, स्वास्थ्य, शिक्षा, लगायत सबै क्षेत्रका समाचार र सबैका विचार दृष्टिकोणलाई एकै ठाउँबाट प्रशारण/प्रकाशन गर्ने डिजिटल अनलाइन पत्रिका हो ।

इमान्दार मिडिया डटकममा समाचार, विचार, अन्तर्वार्ता र अन्य सामाग्री प्रकाशित गर्दा हामी यी बुँदाहरु पालना गर्दै मर्यादित पत्रकारिता गर्ने  प्रण गर्दछौं ।
  • इमान्दार मिडियामा समाचार र बिबिध अन्य सामाग्री प्रकाशन/प्रशारण गर्दा पत्रकारिताको मर्यादालाई सधैं ध्यान दिइनेछ ।
  • हरेक समाचार तयार पार्दा समाचारसँग जोडिने सम्बन्धित सबै पक्षको भनाइ समेट्ने अधिकतम प्रयास गर्नेछौं ।
  • सामाजिक सञ्जाल मार्फत इमान्दार मिडियाको प्रचार प्रसार गर्न फेसबुक, ट्वीटर जस्ता माध्यमको प्रयोग  गर्दा सामाजिक मर्यादामा आच आउने गरी सेयर गरिने छैन।
  • कुनै पनि संघ सस्था वा ब्यापरित बस्तुहरुको बिज्ञापनजन्य सामाग्रीलाई समाचारको रुपमा प्रस्तुत गरी अनुचित आर्थिक लाभ उठाइने छैन ।
  • समाचार प्रकाशन/प्रशारण गर्दा कहीँ कतैबाट गलत सामाग्री प्रकाशित/प्रशारित भएमा उक्त समाचार सामाग्रीमाथी छानबिन गरी पाठक वा सम्बन्धित पक्षसंग माफी मागिनेछ । तर प्रकाशित भएको समाचार सामाग्री भने हटाइने छैन।
  • हामीले प्रकाशन/प्रसारण गर्ने समाचार सामाग्री हाम्रा पाठकहरुले निःशुल्क पढ्न हेर्न र सुन्न सक्ने छन् । यसको प्रयोग गर्दा हुने प्रत्यक्ष वा अप्रत्यक्ष प्रभावको जिम्मेवारी स्वयं पाठकले लिने छन् ।
  • इमान्दार मिडियामा प्रकाशित/ प्रशारित समाचार सामाग्रीहरु प्रचलित कानुनले मागेको खण्डमा हामी उपलब्ध  गराउने छौ । त्यो बाहेक अरु अबस्थामा भने हाम्रा श्रोतहरु गोप्य रहनेछन ।
  • नागरिकहरुको अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र पत्रकारिताको मान्यतामा भने हामी सदैब अडिक रहने छौ ।
  • समाचारको विश्वसनीयता र आधिकारिकताको लागि विभिन्न समाचार एजेन्सीका समाचारहरु प्रकाशित गर्दा सम्बन्धित निकाय र सस्थाको नाम उल्लेख गरिनेछ ।

प्रतिकृया दिनुहोस्

Loading...