'एप' प्रयोग गरेर आतंक मच्चाइउदै आएको रातो नम्बरवाला यसरि पर्यो प्रहरी फन्दामा
Loading...


पछिल्लो केही दिनयता एनसेलको सिमकार्ड प्रयोग गरी रातो नम्बरबाट फोन आउने र उठाउँदा जे पनि हुन सक्ने हल्ला फैलियो । अमूक ठाउँबाट सुरु भएको यो हल्लाले उपत्यका आसपासका बासिन्दालाई निकै आतंकित बनायो ।

रातो नम्बरको आतंकसँगै यसले सञ्चारमाध्यमदेखि प्रहरीको समेत ध्यान तान्यो । कतिपयले त रातो नम्बरको फोन उठाउँदा बेहोस भन्ने उडन्ते हल्लासमेत चलाए ।

यही क्रममा अहिलेसम्म एउटा मात्रै गीत गाएकी गायिका प्रशना पाण्डेले आफ्नो मोबाइलमा रातो नम्बरबाट फोन आएको भन्दै फेसबुकमा स्क्रिन सट हालिन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नै यसबारे अनुसन्धान थाल्यो । र, गायिका पाण्डेलाई सोधपुछका लागि बोलायो । 

सुरूमा त रातो नम्बरबाट कल आएको दाबी गरेकी उनले धेरै बेर सत्यलार्इ लुकाउन सकिनन् र, आफ्नो मोबाइलमा फोन आएको नभई गायक दीपक बराइलीको मोबाइलमा भेटिएको स्क्रिन सट आफूले पोष्ट गरेको वयान दिइन् ।

लगत्तै सीआईबीको टोलीले गायक दीपक बराइलीलाई पक्राउ गर्‍यो । र, खुल्यो रातो नम्बरको रहस्य ।

सीआईबीका प्रहरी उपरीक्षक मिरा चौधरीका अनुसार मोबाइलमा कल आउँदा देखिने नम्बरको कलर (रंग) परिर्वतन गरिदिने प्रि-एपहरु प्रशस्तै बनेका छन् । र, त्यसैको दुरुपयोग गरेर नेपालमा रातो नम्बरको आतंक मच्चाइएको रहेछ ।

यो एप डाउनलोड गरेपछि मोबाइलको सेटिङ परिर्वतन गर्नासाथ फोन आउँदा रातो (आफूले चाहेको) रंगमा नम्बर डिस्प्ले हुन्छ । बराइलीले पनि त्यही गरेका थिए । साथै नम्बर परिर्वतनका लागि ‘फेक कल’ भन्ने अर्को एप प्रयोग गरिएको रहेछ ।

सुरुमा त यो हल्ला एनिनेमस ब्लगबाट सुरु भएको थियो । तर, गायिका प्रशनाले नै फेसबुकमा राखेपछि यो अफवाहलाई बल पुगेपछि बुधबार सीआईबीले डेमो नै गरेर देखाएको छ ।

प्रशनाले फेसबुकमा हालेको तस्वीरमा देखाइएको नम्बर नेपालमा एलोकट नै नभएको नम्बर हो । यसका लागि ‘फेक कल’ एप प्रयोग भएको छ । यसमा नम्बर आफैंले सट गर्न मिन्छ र आफूले सेट गरेको टाइममा कलिङ भनेर नम्बर देखाउँछ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा सीआईबीका प्रमुख नवराज सिलवालले भने, ‘गुगल प्ले स्टोरमा गएर जसले पनि यस्तो बनाउँछ, यो भ्रममा नपर्न सबैलाई अनुरोध गर्छौं ।’

काठमाडौं, २० पुस २०७३ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...