संसद बैठक तीन बजेसम्मका लागि सर्‍यो, शीर्ष नेताहरु छलफलमा व्यस्त
Loading...


  • काठमाडौं, २४ पुस । 
व्यवस्थापिका संसद बैठक शोक प्रस्ताव पारित गरेर ३ बजेसम्मका लागि स्थगित भएको छ । संसद बैठकले पूर्व सांसद मणिराज पोख्रेलको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।

२०१५ सालमा तत्कालीन क्षेत्र नम्बर १६ खोटाङबाट सांसद बनेका पोख्रेलको पुस १८ गते निधन भएको थियो ।

सभामुख ओनसरी घर्तीमगर प्रमुख तीन दलका शीर्ष नेताहरुसँग छलफलमा व्यस्त भएकाले संसद बैठक केही घण्टाका लागि पछि सारिएको हो ।

आइतबारको संसद बैठकमा सरकारले संविधान संशोधन विधेयक टेबुल गर्ने तयारी गरेको छ । तर, नेकपा एमाले लगायतका प्रतिपक्षी ९ दलले भने संशोधन फिर्ता नलिएसम्म संसद चल्न नदिने अडान लिएका छन् ।

सहमतिको प्रयासमा सभामुख घर्तीमगरसहित कांग्रेस, एमाले, माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठक बसीरहेको छ ।

तस्वीर: बबिन शर्मा

, ,

प्रतिकृया दिनुहोस्

Loading...